**** अनलाईन प्रेम **** ( कथा )
― घडिको सुई भित्तामा कहिले चढ्दै त कहिले ओर्लदै थियो।शुन्यतामा टिक् टिक् आवाज काफी थियो मुटुको धड्कन अझ तेज बनाउन। यस्तै ९ बजेको हुदोँ हो।एक्लै धुम्धुम्ती कोठामा बसिरहेकी मलाई नजिकैको स्योकेशमा राखिएको किताबका खातहरुले टोकुलाँ झै हेर्दै थियो। सुरज गएदेखि मेरो एकान्तको साथी बनेका ती किताबहरुलाई खै किन हो आज पल्टाउनै मन भएन।किन किन मन फुङ् उडेको मरुभुमि जस्तै हुदैंथियो।यस्तो त मलाई कुनै अपशकुन हुनु अगाडी हुने गर्दथ्यो। म निद्रादेविको काखमा लुट्पुटिन आतुर थिएं ।तर आज निन्द्रादेबिले त्यति छिट्टै [...].









