रात्री बसको यात्रा ( कथा )
― आफ्ना सेता दन्त लहरहरु फिँजाई अटल रुपमा रहेका अग्ला अग्ला चुचुराको काखमा हरियो वनजङ्गलले घेरिएका ठुल्ठुला पहाडबाट वहकिएको भेषमा सुईसुई सुस्काउदै बगेको कलकल झरनाको साथ दिई रहेकी, त्यी हरिया डम्म पहाडको टुप्पोबाट कुहुकुहु आवाज निकाली रहेकी कोईली चरी, सिरिसिरि वतासको वेग संगैको त्यो प्राकृतिको उपमा भित्र हरेक उकाली ओराली डाँडा काँडा भञ्ज्याङ चौतारी अनि हरेक घुम्तीमा पर्ने, समथर खेतका लहलह झुलेका धानको वाला झै हामी पनि रात्री बसको यात्रामा झुमिरहेका थियौं। ∙ हरियाली पहाडमा राज गरेको चिसो वतास [...].






